नाडा अटो शोमा आकर्षक योजना, बीमादेखि इन्धनसम्म निःशुल्क

  २०७४ भदौ १३ गते ११:३७     विकासन्युज

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०१७ मा अटो व्यवसायी र बैंकहरुले उपभोक्तालाई आकर्षित गर्न विभिन्न आकर्षक उपहार योजना ल्याएका छन् । व्यवसायीले एक वर्षसम्म सडक कर, बीमा र इन्धन समेत निःशुल्क उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन् ।

एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ बैंकले स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो ।

सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशतसम्म पुर्याएपछि व्यवसायीमा उत्साह थपिएको छ ।

हुण्डाइ अटोको अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले एक वर्षको बीमा, सुन, दुवई भ्रमण र ४ वर्षको निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । लाखौको नगद छुट, निःशुल्क बीमा, लक्कि ड्रबाट २० जनालाई दुवई भ्रमण, १ सय जनालाई १० ग्राम सुन उपहार योजना ल्याएको छ ।

नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोलाई लक्षित गरी विभन्नि उपहार योजना ल्याएको छ । कम्पनीले टाटा कम्पनीको मोटर खरिदमा १० तोलासमम सुन दिने योजना सार्वजनिक गरेको छ ।

माछापुच्छे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याजदर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निःशुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ ।

हिरो मोटरसाइकलको अधिकृत बिक्रेता एनजीएमले नाडा अटो शो र दशै तिहारलाई लक्षित गरी भाग्यमानी भए योजना ल्याएको छ । न्युनतम ६ हजार रुपैयाँदेखि हरेक स्क्रयाचमा न्युनतम १ हजारदेखि १ लाख र साप्तिाहिक बम्बर योजनामा १ लाख रुपैयाासम्मको योजना सार्वजनिक गरेको छ । नयाँ हिरो बाइक घरमा ल्याउने भाग्यमानी डिस्काउन्टदेखि बम्बरसम्मको मनी नै मनी भन्ने नारा ल्याएको छ ।

यस्तै सुजुकीले जापनीज अल्ट्रा कम्प्याक्ट एसयुभी गाडीलाई मंगलबार सार्वजनिक गरी बुकिङ खुला गरेको छ । नाडालाई लक्षित गरी रेनोले ३ लाख नगद छुटका साथ एक वर्षसम्म निःशुल्क इन्धन, सडक कर, स्पट फाइनान्स गरी डबल उत्सव नगद पनि इन्धन पनि भन्ने योजना ल्याएको छ ।

आइएमई अटोमोटिभले पनि रेन्ज कमाण्डो ब्राण्ड बाइक खरिदमा १२ हजार रुपैयाँ नगद छुटदेखि सिंङापुर भ्रमण योजना ल्याएको जानकारी दिएको छ ।

टिभीएस मोटरले १२५ सीसीको नयाँ स्ट्राकेर मोटरसाइकल सार्वजनिक गरेको छ । नगद ७ हजारदेखि १ तोला सुनसहित १ सय दिनसम्म स्वर्ण सुनको वर्षा योजना ल्याएको छ ।

हिमालयन बैंकले व्यक्तिगत ८ र व्यवसायीक ५ वर्षसम्म हायर पर्चेज लोन योजना ल्याएको छ । बैंकले नाडा अटो शोमा आफनो नाम दर्ता गराई ब्याजमा विशेष सहुलियत लिन ग्राहकलाई भनेको छ । आफ्नो सपना साकार पार्नुहोस भन्दै आकर्षक ब्याज दरमा योजना ल्याएको हो ।

होन्डाले पनि १ लाखदेखि १० लाख रुपैयाँसम्म जित्ने योजना ल्याएको छ । होन्डाको बाइक खरिदमा स्क्रायाच कार्डमार्फत न्यनुतम ४ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट, १० वटा थप निःशुल्क सर्भिस कुपन, ठुलो बाइकमा ३० हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

होण्डाको कारमा १ वर्षसम्म निःशुल्क सडक कर र सामाग्री, १ वर्षको वृहत बीमा र आकर्षक नगद छुटको व्यवस्था रहेको जनाएको छ । विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन् ।

महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ २० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ ।

शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा २ लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको निस्शुल्क बीमा, एक्सचेन्ज सुविधा, निस्शुल्क एक्सेसरिज् तथा लक्की(ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडिगो ल्याएको छ ।

डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ ।

फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ ।

यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्या्पिड जित्न सक्ने कम्पनीले जनाएको छ ।

मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन् । प्रदर्शनी भदौ १८ गतेसम्म चल्नेछ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.