एनसीसी बैंकले ५० प्रतिशत हकप्रद निश्कासन गर्दे

  २०७४ भदौ १३ गते ९:४७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकको आउदा शुक्रबार रुपन्देहीमा हुने १९ औ वार्षिक साधारणसभामा हकप्रद निश्कासनको प्रस्ताव पेश हुदैछ ।

सभाले अनुमोदन गरेपछि २ बराबर १ अनुपातमा हकप्रद निश्कासन गर्ने बैंकको योजना छ । ४ वटा विकास बैंकलाई प्राप्ति गर्दा पनि बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र छ ।

गत आर्थिक वर्ष ०७३÷०७४ मा नाफा र हकप्रदबाट बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउने योजना सार्वजनिक गरेको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि गत आवमा बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.