अटो सोलाई लक्षित गर्दे एनआईसी एसिया बैंकले ल्यायो स्पट फाइनान्सिङ योजना

  २०७४ भदौ १३ गते ९:२२     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो ।

सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । अटो सोको स्टल नम्बर जी ७ मा यसको जानकारी पाइने बैंकले जनाएको छ । मंगलबारदेखि आउदो आइतबारसम्म यो योजना लागु हुने छ ।
नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएपछि व्यवसायीमा उत्साह थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X