राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी गाभिने, माघ १ देखि एकीकृत कारोबार

  २०७४ भदौ १२ गते १७:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । उक्त डेभलपमेन्ट बैंक गाभ्ने (मर्जर) सम्बन्धमा सोमबार आयोजित एक समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एनआईडिसी डेभलपमेन्ट बैंकका अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक एक आपसमा गाभिए पश्चात २०७४ माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसीको साधारण सभाले यस अघिनै एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रस्ताब पारित गरिसकेको छ । एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभिएपछि बैंकको चुक्तापूँजीमा अभिबृद्धि हुनुका साथै विद्यमान ग्राहकहरुलाई थप कारोबार गर्न सुविधा हुने भएको छ । साथै, बैंकिङ्ग सेवा तथा सुविधा अभिबृद्धि गरी ब्यापक पहुँचका साथै स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकले विश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.