म्यादी प्रहरीले आन्दोलन गर्ने, स्थायी बनाउन माग

  २०७४ भदौ १२ गते १५:११     विकासन्युज

काठमाडौं । म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन । उक्त कार्यक्रममा करिब डेढ सयको हाराहारीमा म्यादीहरु सहभागी भएका थिए ।

अहिलेका म्यादीहरु प्रहरीमा जागिर गर्न योग्य हुनुका साथै सरकारले भएका सरकारले म्यादीलाई प्रहरी सरहको तालिम र रासन भत्ता समेत दिईसकेको कारण अब म्यादीलाई प्रहरीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ ।

यदि सरकारले तत्काल आफूहरुका माग पुरा नगरेर देशभरका म्यादी प्रहरीहरुलाई संगठित गर्ने भन्दै संयोजक थापाले यसका लागी तयारी भएर बस्न कार्यक्रममा सहभागी म्यादीहरुलाई निर्देशन समेत दिए । सरकारले स्थानीय तहको निर्वाचनका लागी गत बैशाखमा देशभरमा म्यादी प्रहरीमा भर्ना लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.