एशियन लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता

  २०७४ भदौ १२ गते १५:०६     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो ।

उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ ।

इन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष १० अर्ब रुपैयाँ र लगानी ९५४ करोड रुपैयाँ रहेको छ । साथै, यस कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.