तीन वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स, निर्जिबनले कहिले पाउने ?

  २०७४ भदौ ११ गते १०:३२     विकासन्युज

काठमाडौं । बीमा समितिले थप तीन वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । समितिले स्टार लाइफ, सिटिजन्स लाइफ र सानिमा लाइफलाई शुक्रबार लाइसेन्स दिएको हो ।

यस अघि नै आइएमई लाइफ, ज्योति लाइफ र युनियन लाइफले लाइसेन्स पाईसकेका थिए । यीमध्ये आइएमई लाइफले कार्यालयको उद्घाटन समेत गरिसकेको छ । ६ वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाएसँगै अब जीवन बीमा कम्पनीको संख्या १८ वटा पुगेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब तोकेको छ ।

निर्जिवन बीमा कम्पनीले भने अझै लाइसेन्स पाएका छैनन् । हाल निर्जीवन तर्फ मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स पर्खिरहेका छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिनु अघि एउटा समिति बनाएर अध्ययन गरिरहेको जनाएको छ । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको अनुमति आवश्यक पर्छ भने निर्जीबन बीमा कम्पनीलाई बीमा समितिकै सञ्चालक समितिले लाइसेन्स दिन सक्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.