जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर भदौ २७ गतेदेखि

  २०७४ भदौ ११ गते ९:४९     विकासन्युज

काठमाडौं । जनरल फाइनान्सको हकप्रद सेयर भदौ २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक कित्ता बराबर १.२५ कित्ताको अनुपात(१२५) प्रतिशत)का दरले एक सय रुपैंयाँ मूल्य अंकित १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

जनरल फाइनान्सको हकप्रद सेयर असोज ३० गतेसम्म भर्न पाइनेछ । साउन २५ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.