आर बी कम्पलेक्स व्यवसायीले बाढीपीडितलाई ६ लाख राहत दिने

  २०७४ भदौ ९ गते १७:२०     विकासन्युज

काठमाडौं । आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्बर अफ कमर्सको डिजास्टर म्यानेजमेन्ट सेललाई बाढीपहिरो पीडितलाई वितरण गर्न एक लाख ११ हजार र पाँच लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ ।

आर बी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले सेलका संयोजक एवं चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल नगद जिन्सी (लत्ताकपडा, जुता लगायतका) सामान दिएको हो । यस अवसरमा संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.