ट्वाइलेटमा बसेर मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक

  २०७४ भदौ ९ गते १२:५८     नवभारतटाइम्स

आजभोली मोबाइल मानिसको जिन्दगीको अहम् हिस्सा भइसक्यो । मानिसलाई मोबाइलबिना एक मिनेट पनि रहन गाह्रो पर्छ । यतीमात्र होइन धेरैजसो शौचालयमा पनि मोबाइल लिएर जानेगर्छन् । मोबाइल फोन डायरी मात्र नभई अब दैनिक पत्रिका जस्तो भइसकेको छ । एक समय यस्तो पनि थियो जब मान्छे पत्रिका वा म्यागजिन लिएर ट्वाइलेट जानेगर्दथे । अब ती मानिसहरु मोबाइल लिएर ट्वाइलेट जानेगरेका छन् । तर के तपाईंलाई थाहा छ ?

जब तपाईंले ट्वाइलेटमा मोबाइल लानुहुन्छ भने तपाईंको मोबाइलमा ब्याक्टेरिया जस्तो खतरनाक किटाणु टासिन्छन् । ट्वाइलेटबाट निस्केपछि तपाईंले हात धुनुहुन्छ होला । तर तपाईंले मोबाइल त धुन मिल्दैन । तपाईं फेरि मोबाइल चलाउनुहुन्छ । तपाईंका हातमा किटाणु बस्छन् र तपाईंले हात धोएको बेकार हुन्छ ।
सार्वजनिक शौचालयमा यस्तो स्थिती झन् भयानक हुन्छ । अफिस, कुनै होटल वा रेष्टुरेन्टको सार्वजानिक ट्वाइलेटमा मोबाइलको प्रयोग गर्दा विभिन्न खतरनाक ब्याक्टेरिया पनि सम्पर्कमा आउछन् ।

मोबाइलमा ब्याक्टेरियाको जोखिम बढी नै हुन्छ । मोबाइलको प्रयोग गर्दा तात्छ । जसले गर्दा ब्याक्टेरियालाई जिवित राख्न र हुर्किनका लागि तातो वातावरण उपयुक्त हुन्छ। यही मोबाइल हामी खाना खाँदा पनि प्रयोग गर्छौं । यही बेलामा हातमा लागेको तेलपनि मोबाइलमा लाग्छ । यसले पनि ब्याक्टेरियालाई बढ्नमा मद्दत पुर्‍याउछ ।

पुरानो चलन अनुसार ट्वाइलेटमा मोबाइल फोन लानुको साटो अखबार वा म्यागजिन लानु बुद्धिमानी हुन्छ । वा ट्वाइलेटमा खाली हात जानु नै सबैभन्दा उत्तम तरिका हुन्छ। केही समय दिमागलाई खाली राख्नु पनि पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.