न्युन बिजिकरणले राजश्व चुहावट हुने गरेको ठहर, बैंकिङ प्रणालीमार्फत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने

  २०७४ भदौ ९ गते १२:५३     विकासन्युज

काठमाडौं ।  पछिल्लो समयमा न्युन बिजिकरणले राजश्व चुहावट बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । सरकारले न्युन बिजिकरण रोक्न तेस्रो मुलुकबाट सामान बैकिङ प्रणालीमार्फत मात्र आयात गर्नुपर्ने व्यवस्था गरेको छ ।

न्युन बिजिकरण गरी तेस्रो मुलुकमा सामान नेपाल भित्रिदा राजश्व चुहावट हुने गरेको भन्दै सरकारले यस्तै व्यवस्था गरेको अर्थ मन्त्रालयका राजश्वसचिव शिशीरकुमार ढुङानाले बताए । यसलाई प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट आयात हुने सामानमा ०.२५ प्रतिशत भन्सार शुल्क छुट दिइने जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा बिक्रीवितरण हुने साढे ३ लाख प्रकारको सामानको आयात मूल्य जाँच गर्न विभिन्न भन्सार कार्यलय विवरण पठाएको उनले जानकारी दिए । त्यसपछि ती सामानको भन्सार दरवन्दी तोकिने भएको छ ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा राजश्व चुहावट नियन्त्रणका बारेमा सरकारको योजना सार्वजनिक गर्दे उनले तेस्रो मुलुकबाट आयात हुने सामाग्रीमा बढी राजश्व चुहावट हुने गरेको भन्दै यसलाई रोक्न विभिन्न नियम लागु गरेर कडाइ गर्न थालेको हो ।

३० प्रतिशत बढी भन्सार दर मूल्याँकन हुने सामानको पनि भन्सार मूल्याँकनको पुनरावलोकन गर्ने तयारी भइरहेको उनले बताए ।
मंसिर १ गतेदेखि विदेशबाट आयात हुने सामाग्रीको सम्पुर्ण विवरण विद्युतीय माध्यममा राखिने भएको छ । यस्तै राजश्व सम्बन्धि नयाँ दर तोक्नका लागि सरकारले राजश्व बोर्ड विद्ययेकको मस्र्यौदा तयार पारेको सचिव ढुङानाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ । गत आवमा राजश्व संकलन लक्ष्य भन्दा ८ प्रतिशत बढी अर्थात ६ खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको थियो । चालु आवमा साढे ७ खर्ब रुपैयाँ बढी राजश्व संकलन हुने अर्थका अधिकारीको अनुमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.