एनआईसी एसियाको २० प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत, भदौ १६ गतेदेखि बुक क्लोज

  २०७४ भदौ ९ गते ११:४६     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको २० प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शुक्रबार एनआईसीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदा लाभांश स्वीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । एनआईसीको वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।

उक्त साधारणसभा प्रयोजनको लागि भदौ १६ गतेदेखि ३० गतेसम्म बैंकको बुक क्लोज हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.