सिप्रदीयन सहायता संस्थाद्धारा तीन जिल्लाका बाढीपीडितलाई खाद्य सामाग्री वितरण

  २०७४ भदौ ७ गते १५:५१     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितहरुलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न बितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका १ सय ७५ बाढीपीडित घरधुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो ।

संस्थाका अनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीयप्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, ३ केजीदाल, तीन केजी चिउरा, १२ लिटर पानी, १ केजी नुुन, आधा लिटर खाने तेल, ५ प्याकेट चाउचाउ र १ प्याकेट मसलाबितरण गरिएको संस्थाले जानकारी दिएको छ । यसरी १ सय ७५ घर परिवारमा बितरण गरिएको कुुलखाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, १ सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुन, आधा लिटरको १ सय ७५ प्याकेट खाने तेल र १ सय ७५ प्याकेट मसाला रहेको कम्पनीले दिएको जानकारी दिए ।

संस्थाका अनुसार रौतहटमा मात्र ३ लाख ९४ हजार आठ सय ३७ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको ईटहरी शाखाको तर्फबाट पनिसप्तरी र केराबारी क्षेत्रकातीन सय १७ घरधुरीलाई पनि सातलाख ५५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरेको कम्पनीले जानकारी दिएको छ । संस्थाका अनुसार ईटहरी वडा नम्वर तीनका ७५ घरधुरीलाई भाँडाकुुंडा, ईटहरीकै वडा नम्वर १७ र १९ का २७ परिवालाई भाडाँकुुडा र केराबारीका ५० परिवारलाई भाँडाकुँडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको  छ ।

संस्थाले नेपालगञ्जशाखाको तर्फबाट पनिबर्दियाका एक सय ३८ परिवारलाई ३ लाख २२ हजार चार सय ८५ रुपैयाँ बराबरको खाद्य सामाग्रीबितरण गरिएको छ । सस्ंथाका अनुसार प्रति परिवार २० केजी चामल ,३ केजी दाल, दुई केजीचिउरा, २ केजीचिनी, १ प्याकेट नुन, २ लिटर खाने तेल र पानी समेत बितरण गरिएको संस्थाले जनाएको छ ।