२०७४ भदौ ७ गते १४:२६ विकासन्युज
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा लघु तथा साना जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव मागेकोे छ ।
राष्ट्रिय प्रसारणलाइनको पहुँच भन्दा बाहिरका जनतालाई बिजुली सेवा दिनका लागि आवश्यक आयोजना निर्माण गर्न केन्द्रले प्रस्ताव आब्हान गरेको हो । क्षेत्रमा निर्माण निर्माण हुने सामुदायिक वा सहरी वा निजी वा सार्वजनिक निजी साझेदारी स्वामित्वमा आधारित लघु तथा साना जलविद्युत आयोजना निर्माण गर्न इच्छुक प्रवद्र्धकलाई केन्द्रमा सम्पर्क गर्न भनेको छ ।
पा्ररम्भिक संभाव्यता अध्ययन तथा बिस्तृत संभाव्यता अध्ययन केन्द्रले तोकेको मापदण्ड अनुसार हुनपर्ने केन्द्रले जनाएको छ । साथै, सो सम्बन्धि आवेदन फारम, मापदण्ड केन्द्रको वेभसाइटबाट प्राप्त गर्नुपर्ने जानकारी दिएको छ ।
इच्छुक प्रवद्र्धकहरुले केन्द्रको स्वस्कृत ढाँचाको आवेदन तथा प्रारम्भिक संभाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने केन्द्रले जाकारी दिएको छ । साथै, प्रवद्र्धक आफैँले केन्द्रले तोकेको मापदण्ड अनुसार बिस्तृत संभाव्यता अध्ययनको प्रतिवेदन तयार गरी अनुदान माग गर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.