रेवतीले टन्न पैसा कमाइ, मलाई सेयर ब्रोकरले ढुबायो

  २०७४ भदौ ६ गते २०:२१     नरेन्द्र सिजापति

दृश्य १

“यी ब्रोकरहरु सबै फटाहा हुन्” डिस्पेले कक्षमा बसेका एक लक्का जवानले कुरा निकाले ।

“हो त नि सस्तोमा माल किन्न लाई बजार घटाएका ” खैनि ओठमा चेप्दै एकजना अधवैसे उमेरकाले कुरा तन्काए ।

“जम्मा ५० वटा को सिन्डिकेट भएपछि बजार यिनको हातमा नभएर कसको हातमा हुन्छ त ” अगाडि सिटमा बसेकि महिलाले सहि थपिन् ।

“के गर्नु ! रेवतीले पोहर साल टन्न पैसा कमाको देखेर शेयर बजारमा लगानी गरेको । ब्रोकरसंग राम्रो चिनजान नभएर किनोकी नोक्सान भाछ मलाई त” अर्का बोलक्कड पाकाले निचोड निकाले ।

यस्तै घनिभुत छलफल चलिरहन्छ । बजार घट्नुको साख कारण केही नभएको र ठूला ब्रोकरको चलखेलको कारण बजार घटेको हो भन्ने निष्कर्ष निस्कन्छ ।

दृश्य २

लक्का जवान सुटुक्क उठेर कारोवार कक्षमा पस्छन् र आफूसंग भएको शेयर बजार रेटमा बिक्री गर्छन । यति बेलासम्म बजार २० अंकले घटिसकेको हुन्छ ।

उछिना उछिन गरी क्रमश अधवैसे उमेरको मान्छे, महिला र पाका उमेरको व्यक्तिहरुले शेयर बेच्दै जान्छन । बजार ३३ अंकले घटिसकेको हुन्छ ।

दृश्य ३

डिस्पेले कक्ष सुनसान हुन्छ । कोही एक आपसमा बोल्दैनन् , सबैको अनुहार मलिन हुन्छ । बजार ३५ अंकको गिरावटमा बन्द हुन्छ ।

दृश्य ४

साझ ७ बजे सामाजिक संजालमा निमायक निकायका प्रमुख र आधिकारीहरुको उछितो काटिन्छ । बजार घटाउन चलखेल गर्नेलाई कारबाहीको माग गरिन्छ । व्यक्ति बिषेशलाई पनि दोष लगाउन बाकि राखिदैन ।

लक्का जवान दवाव समूहको संयोजक बन्छन् । पाका मान्छे सल्लाहकार बन्छन्। भोलिपल्ट समाचार आउछ । सर्वसाधारण लगानिकर्ताको हितमा समर्पित दवाव समूह गठनसहित आन्दोलनका कार्यक्रम घोषणा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.