वाणिज्य बैंकको प्राथमिक क्षेत्रमा तोकिएको भन्द कम लगानी

  २०७४ भदौ ६ गते १८:०४     विकासन्युज

काठमाडौं । गत वर्ष बैंकहरुले उत्पादनमुलक क्षेत्रमा तोकिएको भन्द कम लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकिएको उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरे पनि बैंकले १८.२ प्रतिशत मात्र लगानी गरेका छन् ।

उत्पादनमुलक क्षेत्र भन्नाले कृषि, पर्यटन, जलविद्युत, साना तथा मझौला उद्योग, निकासीजन्य उद्योग सिमेन्ट, गार्मेन्टलगायत औषधी उद्योग रहेका छन् ।

चालु आवको मौद्रीक नीतिमा प्राथमिक क्षेत्रमा कर्जा सीमा बढाएको छ । जसअनुसार वाणिज्य बैंकले कुल कर्जा लगानीको २५ प्रतिशत, विकास बैंकले १५ र वित्त कम्पनीले १० प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेको छ ।

यो वर्षको मौद्रीक नीतिमा कृषिमा १०, जलविद्युतमा ५, पर्यटनमा ५ र निर्यातजन्य उद्योग, सिमेन्ट र औषधी उद्योगमा ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्ष ०७३/०७४ मा कर्जा प्रवाह १८.२ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.७ प्रतिशत बढेर १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ४ अर्ब ३७ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकको कर्जा प्रवाह २५ प्रतिशत बढेको छ । विकास बैंकको १३.७ र वित्त कम्पनीको १३.३ प्रतिशत घटेको छ । समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.४, निर्माण क्षेत्रतर्पmको कर्जा १६, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१, सेवा क्षेत्रका उद्योगतर्फ २३.३ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशत बढेको छ । १४ अर्ब ६१ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.