राष्ट्रिय स्तरको विकास बैंकहरुको विलय र मोफसलका विकास बैंकहरुको उदय

  २०७४ भदौ ६ गते १२:२६     रामकृष्ण पौडेल

काठमाडौं । ‘ठूला माछाले सानो माछा खाए झै पुँजीवादी अर्थतन्त्रमा ठूला कम्पनीले साना कम्पनीलाई खान्छ ।’ कर्पोरेट वल्डमा यो भनाई धेरैले सुनेको, पढेको र भोगेको हुनुपर्छ ।

तर सँधै यस्तो नहुँने रहेछ । नेपालको बैकिङ क्षेत्रको विकासमा एउटा नयाँ कर्पोरेट ट्रेन देखिएको छ । राजधानीमा खुलेका ठूला लगानीको राष्ट्रिय स्तरका विकास बैंकहरुको विलय भईरहेका छन् र मोफसलमा खुलेको साना लगानीको विकास बैंकहरु राजधानी छिरेर बजारमा राम्रो पकड जमाउन थालेका छन् ।

 

हामी बैकिङ सुपरमार्केटको अभ्यास गरिरहेको छौ र त्यसमा सफलता मिलिरहेको छ ।

 

खासगरी पोखराबाट उदाएको विकास बैंकहरुले बैकिङ क्षेत्रमा नयाँ ट्रेन सेटअप गरिरहेको छन् । त्यसको एउटा उदाहरण हो मुक्तिनाथ विकास बैंक । १ अर्ब ५४ करोड चुक्ता पुँजी भएको यस विकास बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख खुद नाफा गरेको छ । निक्षेप झण्डै १७ अर्ब छ, कर्जा सापटी सवा १६ अर्ब रुपैयाँ छ । खराव कर्जा शुन्य दशमलव २ प्रतिशत छ । प्रतिसेयर आम्दामी ३२ रुपैयाँ १३ पैसा छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल मुक्तिनाथ विकास बैंक अरु बैंक भन्दा धेरै फरक भएको बताउँछन् । आफूहरुले बैकिङ सुपरमार्केटको अभ्यास गरिरहेको र त्यसमा सफलता मिलिरहेको उनले बताए ।

मुक्तिनाथ जस्तै पोखराबाट उदाएको कैलाश विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ओम डेभलपमेन्ट बैंक, गण्डकी डेभलपमेन्ट बैकं, कामना विकास बैंकको वित्तीय अवस्था निकै राम्रो छ । उनीहरु सबै पोखरामा फाइनान्स वा जिल्ला तथा क्षेत्रीय स्तरको विकास बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकमा स्तरउन्नति भएका हुन् । उनीहरु यतिबेला राजधानीको बजारमा आफूलाई स्थापित गराउदै केन्द्रका वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरिहेको छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल १३ वटा राष्ट्रिय स्तरको विकास बैंक छन् । त्यसमा ७ वटा विकास बैंक पोखरामा आधारित छन् । बाँकी ६ वटा विकास बैंकहरु मध्ये एनआईडीसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा विलय हुँदैछ भने टुरिजम डेभलमेन्ट बैंक मेगा बैंकमा विलय हुने प्रक्रियामा छ ।


पोखरामा स्थापना भएका बैंकमा काम गर्ने संस्कार राम्रो छ । बैंक व्यवसायिक ढंगले चलाउनु पर्छ, पारिवारिक स्वार्थलाई बैंकमा स्थान दिनुहुँदैन, प्रवद्र्धक तथा सञ्चालकले अस्वभाविक हस्तक्षेप गर्नु हुँदैन भन्ने संस्कार पोखरेलीहरुमा शुरुदेखि नै विकास भयो ।

राजधानीमा केन्द्रीय कार्यालय राखेर खुलेका राष्ट्रिय स्तरका १४ वटा विकास बैंक विलय भएका छन् । त्यसमा नेपाल विकास बैंक, गोर्खा विकास बैंक, मनकामना विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, सोसियल डेभलमेन्ट बैंक, एक्सिस डेभपलमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, काष्ठमाडप डेभलपमेन्ट बैंकको अस्थित्व मेटिएको छ ।

डेभलपमेन्ट एण्ड क्रेडिट बैंक लिमिटेड (डीसीबीएल) स्तरवृद्धि भई ग्राण्ड बैंक बन्यो । तर यो बैंक टिक्न सकेन र प्रभु बैंकमा विलय भयो । मोफोसलबाट स्तरवृद्धि गरी राष्ट्रिय स्तरको विकास बैंक भएको सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंक जनता बैंकमा मर्ज भएका छन् ।

एचएण्डबी डेभलपमेन्ट बैंक र भिवोर विकास बैंकलगायत केही वित्तीय संस्था मर्ज भएर लुम्बिनी विकास बैंक भएका छन् । यसमा पनि पोखराबाट आएको हिमचुली विकास बैंक मर्ज भएको थियो र हाल यस अध्यक्ष पनि पोखरेली छन् ।

पोखरेलीको स्वामित्व र नियन्त्रणमा नरहेको राष्ट्रिय स्तरको विकास बैंक तीन वटा मात्र बाँकी रहने देखिएका छन् । महालक्ष्मी विकास बैंक, देवः विकास बैंक, र ज्योति विकास बैंक ।

 

पोखरामा प्रतिव्यक्ति आम्दानी पनि राम्रो छ । बचत गर्ने बानी र बैंकबाट ऋण लिएपछि समयमा तिर्ने संस्कार पनि राम्रो देखियाे र पोखराका विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा पनि राम्रो भयो ।

 

त्यसमा पनि देवः विकास बैंक र ज्योति विकास बैंकको ब्राण्ड इमेज राम्रो छैन । उनीहरुको पर्फमेन्स पनि कमजोर नै देखिएको छ । महालक्ष्मी विकास बैंकले भने राष्ट्रिय स्तरको विकास बैंकहरुमा धेरै सूचकांङकमा नेतृत्व गरिरहेको छ । सेयर पुँजी, निक्षेप, लगानी, नाफा, शाखा सञ्जालमा यो बैंक अरु विकास बैंकभन्दा अगाडि छ । गत आर्थिक वर्षका नाफामा यस बैंकले केही वाणिज्य बैंकहरुलाई समेत उछिनेको छ ।

पोखराबाट अगाडि आएको विकास बैंक कसरी चम्किए र काठमाडौंमा जन्मिएको विकास बैंक किन विलाए ?

विकास बैंकर्स संघको निवर्तमान अध्यक्ष तथा कैशाल विकास बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने भन्छन्–’पोखरामा स्थापना भएका बैंकमा काम गर्ने संस्कार राम्रो छ । बैंक व्यवसायिक ढंगले चलाउनु पर्छ, पारिवारिक स्वार्थलाई बैंकमा स्थान दिनुहुँदैन, प्रवद्र्धक तथा सञ्चालकले अस्वभाविक हस्तक्षेप गर्नु हुँदैन भन्ने संस्कार पोखरेलीहरुमा शुरुदेखि नै विकास भयो ।’ ‘स्कूलिङ नै राम्रो भयो भने त्यसको नतिजा पनि राम्रो हुन्छ’ उनले भने ।

पोखरामा प्रतिव्यक्ति आम्दानी पनि राम्रो भएको र बैकिङ कल्चर पनि राम्रो भएकोले त्यस क्षेत्रबाट आएको बैंकहरुको विकास र विस्तार राम्रो देखिएको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बताउँछन् ।

‘पोखरा पर्यटकीय सहर हो । त्यहाँको अर्थतन्त्र पनि राम्रो छ । प्रतिव्यक्ति आम्दानी पनि राम्रो छ । बचत गर्ने बानी र बैंकबाट ऋण लिएपछि समयमा तिर्ने संस्कार पनि राम्रो छ’ भट्टराई भन्छन्–‘पोखराका विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा पनि राम्रो भयो । त्यसले लगानीकर्ताको मनोबल बढायो । मनोबल उच्च भएकैले उनीहरु कि आफै स्तरवृद्धि गरेर कि मर्ज गरेर राष्ट्रिय स्तरको विकास बैैंक बन्न आए ।


मोफसलको बजारमा स्थापित बैंकले पहिला सोही क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएकम छन् र राजधानीमा आएपछि पनि उनीहरु सफल देखिएको छन् ।

काठमाडौंका राष्ट्रिय स्तरको विकास बैंक विलय हुनुको कारणबारे भट्टराईले खुलेर स्पष्ट विचार व्यक्त गरे । ‘काठमाडौंका विकास बैंकका लगानीकर्ता बढी महत्वकांक्षी भए । बढी नाफाको खोजीमा सेयर र घरजग्गामा जथाभावी लगानी गरे । परिणाम कर्जा असुली सोचेजस्तो भएन’ भट्टराई भन्छन्–त्यस्तै, काठमाडौंमा प्रतिस्पर्धा बढी भयो । सबै वाणिज्य बैंकहरुले काठमाडौंलाई फोकस गरेर मार्केटिङ गरे, विकासबैंकहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । नाफा कम भयो । नाफा कम भएपछि विकास बैंकका लगानीकर्ताले आफ्नो सेयर पुँजीको सुरक्षाको लागि वाणिज्य बैंकसँग मर्जमा जाने निर्णय लिए ।’

पोखरा र बुटवल क्षेत्रमा खुलेको विकास बैंकहरुले राजधानीमा पनि राम्रो पर्फमेन्स देखाईरहेको सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल बताउँछन् । मोफसलको बजारमा स्थापित बैंकले पहिला सोही क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएको र राजधानीमा आएपछि पनि उनीहरु सफल देखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.