सिद्धार्थ बैंकको ‘मेरो शेयर खाता’ सञ्चालनमा, वार्षिक ब्याजदर ६ प्रतिशत

  २०७४ भदौ ४ गते १८:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् ।

बैंकका अनुसार ‘मेरो शेयर खाता’ बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । बैंकले ‘मेरो शेयर खाता’ मा निःशुल्क अनलाइन आश्बा एप्लिकेशन, निःशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन एप्लिकेशन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गरेको छ । साथै, बैंकले पाँच लाख रुपैयाँ सम्मको निःशुल्क दुर्घटना विमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ ।

यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ ।

सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस् मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.