नेपाल बैंकलाई साढे १५ करोड नोक्सान पुर्याउने ११ जना पक्राउ

  २०७४ भदौ ४ गते १६:५०     विकासन्युज

काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।

नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा लिने दिने कार्यगरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नोक्सान पुर्याउने ११ जनालाई शुक्रबार २ गते ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरान मार्फत उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद थपभई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.