सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दे

  २०७४ भदौ ४ गते ९:५४     विकासन्युज

काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

चुक्तापुँजी बढाउन लगायत अन्य वित्तीय विवरण पारित गर्न सूर्याले भदौ २७ गते नवौ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिले पारित गरेपछि चुक्तापुँजी निश्कासन गर्ने तयारी सूर्याको छ ।

आर्थिक वर्ष ०७२/०७३ को नाफाबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत अर्थात ६ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीको चुक्तापुँजी ६५ करोड ६२ लाख ५० हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ७२ करोड रुपैयाँ पुग्ने छ ।

सूर्या  गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ ।  जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ । बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.