सनराईज बैंकले २० जना कृषि प्राविधिकलाई नियुत्त गर्ने, आइतबार भर्ना खुलायो

  २०७४ भदौ ४ गते ९:३५     विकासन्युज

काठमाडौं । सनराईज बैंकले कृषि क्षेत्रको आर्थिक तथा व्यवसायिक प्रवद्र्धन गर्न लगानी विस्तार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न दिएको निर्देशनअनुसार सनराईजले अधिकृत स्तरका कृषि कर्जा साहयकलाई नियुक्त गर्ने भएको छ । बैंकले आइतबार २० जना कृषि कर्जा साहयकलाई रोजगारी दिन भर्ना खुलाएको छ ।

राष्ट्र बैंकले कुल कर्जाको कृषिमा न्युनतम १० प्रतिशत लगानी हुनुपर्ने निर्देशन जारी गरेपछि बैंकले कृषिमा लगानी विस्तार गर्न नयाँ कृषि अधिकृत नियुक्त गर्न भर्ना खुलाएको बैंकले जनाएको छ ।

प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मलाई पदास्थापन गर्ने बैंकको योजना छ । कृषिको प्राविधिक ज्ञान र कृषि कर्जाको अनुभव भएकाले दरखास्त हाल्न सक्ने छन् । भदौ १८ गते भित्र निवेदन दिने बैंकले भनेको छ ।

बैंकले देशभर ७० वटा शाखा कार्यलयबाट बैंकिङ सेवा दिदै आएको छ । गत वर्ष बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X