नेसनल हाइड्रो सही बाटोमा आएको छ, अर्को वर्षदेखि लाभांश दिन्छौ- कुमार पाण्डे

  २०७४ भदौ ४ गते ९:०१     विकासन्युज

अमेरिकाको ब्राउन विश्वविद्यालयबाट सन् १९९१ मा इञ्जिनियरिङ अध्ययन पुरा गरपछि नेपाल फर्किएर कुमार पाण्डेले धेरै जलविद्युत आयोजनामा काम गरे । उनी अहिले स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) को उपाध्यक्ष र नेसनल हाइड्रोपावर कम्पनीको कार्यकारी अध्यक्षका रुपमा कार्यरत छन् । प्युठानको झिमरुक जलविद्युत आयोजना, स्ंयांङजाको आँधीखोला र रामेछाप दोलखाको खिम्ती जलविद्युत आयोजनामा काम गरेका छन ।

लमजुङ विद्युत विकास कम्पनीमा जोडिन पुगेका पाण्डेले ङादी, खुदी, स्यांगे लगायतका आयोजनामा काम गरेका थिए । हाइड्रो सोलुसन्समा काम गरेका पाण्डेले ४ वर्षदेखि नेसनल हाइड्रोपावरमा रहेर संस्थागत सुधारको काम गरेका छन् । आर्थिक सुशासनको अभावले समस्याग्रस्त नेसनललाई सुधार गर्न उनी सफल भएका छन् । नेसनल हाइड्रोको सुधार र भावी योजनाका विषयमा केन्द्रीत रहेर पाण्डेसंग गरेको कुराकानीको अंश :


कुमार पाण्डे, कार्यकारी अध्यक्ष, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड

यहाँले नेसनल हाइड्रोपावर कम्पनीमा के कस्ता सुधारका काम गर्नुभयो ?

 

नेशनल हाइड्रोपावर कम्पनीमा आएर सुधारका काम थालेपछि कम्पनीको प्राण फर्किएको छ । संस्थागत हिसावले नेसनल सही बाटोमा आएको छ । भर्खरै नयाँ सञ्चालक समिति चयन भएको पनि छ । सञ्चलक समितिले मलाई कार्यकारी अध्यक्षको जिम्मेबारी पनि दिएको छ । सुधार के के गरियो ? भन्ने सन्दर्भमा कुरा गर्दा यो पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीको आन्तरिक र बाह्य पक्षमै सुधार आवश्यक थियो । आन्तरिक पक्षमा हिसाब किताब, रिपोर्टीङ, कम्पनी राजिष्ट्रारको कार्यालयमा अद्यावधिक गरियो ।

४ बर्षको साधारणसभा र ६ बर्षको लेखापरीक्षण एकै पटक सम्पन्न गरेका छौं । ऋण तिर्ने, कर तिर्ने लगायतका काम सबै सम्पन्न गरेका छौं । चालु आर्थिक बर्ष आरम्भ हुँदा ०७१/०७२ सम्मको अडिट सम्पन्न भएको छ । गत आर्थिक बर्षको अडिट आरम्भ गर्ने समय भएको छ ।
विद्युत उत्पादन गर्ने कम्पनी भएपछि पावर प्लान्ट सञ्चालन गर्नुपर्ने थियो । मेसिन बनाउने, प्लान्ट सञ्चालन गराउने, कर्मचारी कटौती र व्यवस्थापनका काम पनि यो अवधिमा गरियो । केही सामान नयाँ किनियो भने केहि बिग्रेकालाई बनाउने काम गरियो । कम्पनीको बीमालाई पनि गरियो ।

बाह्य क्षेत्रमा गरिएको सुधार भनेको सेयर बजारको पाटो हो । साढे चार बर्र्षअघि म कम्पनीमा आउँदा १ सय रुपैंयाँको सेयर ३६ रुपैंयाँमा किनबेच भैरहेको थियो । अहिले १६५ रुपैंया मूल्य पुगेको छ । धेरै काम अझै गर्न बाँकी छ । तर पनि सुधारको जति प्रयास गरियो त्यसलाई पनि बजारले राम्रैसँग पत्याएको रहेछ भन्ने लागेको छ ।

कम्पनी अझै ६ करोड रुपैयाँ नोक्सानमा छ । १५ वर्षदेखि कम्पनीका लगानीकर्ताले लाभांश नपाएको अवस्था छ, अझै सुधार हुँदैछ कसरी भन्ने ?

६ करोड रुपैयाँलाई घाटा भन्न मिल्दैन् । कम्पनीको ७० करोड रुपैयाँ पुँजी थियो । अर्काे आयोजना बनाउँछौं भनेर शतप्रतिशत हकप्रद सेयर उठाइयो । अब कम्पनीको पुँजी १ अर्ब ३८ करोेड रुपैयाँ पुग्यो । कम्पनीमा सुशासन नभएकाले दोश्रो आयोजना बनाउन सकेन् । गत बर्ष कम्पनीको नाममा रहेको साढे ४ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको लाइसेन्स खारेज भयो ।

१३८ करोडको भार माथिल्लो आयोजनालाई परेपछि घाटा देखिएको हो । कम्पनीले लिएको ऋण र लगानी प्रोभिजनमा गएपछि कम्पनी घाटामा गएको देखिएको हो । तल्लो आयोजनाका लागि बैंकसँग ऋण लिँदा माथिल्लो आयोजनलाई जमानी राखिएको रहेछ । कम्पनीले बर्षेनी ६/७ करोड रुपैयाँ नाफा गरिरहेको छ तर माथिल्लो आयोजनाले तल्लोका लागि जमानी बसेकाले प्रोभिजन गरेपछि नोक्सानी देखिएको हो ।

तल्लो आयोजनाको त हिसाब किताब नै छैन भन्ने सुनिएको छ, यो सत्य हो ?

हिसाब किताब छ । साढे चार मेगावाटको आयोजनामा जति काम भयो त्यसमा ६५ करोड रुपैयाँ खर्च भएको भन्ने लेखिएको थियो । छ बर्ष पहिले बनाइएको साढे ४ मेगावाटको आयोजना ६५ करोडमा बनिसक्नुपर्ने थियो । तर आर्थिक शुशासनको अभावमा काम सम्पन्न भएन् । तल्लोमा जति खर्च भयो त्यो सबै माथिल्लोको नाममा दाइत्व थप भयो । ऋण पनि माथिल्लोकै नाममा प¥यो । १७ करोड रुपैयाँ जति थप व्ययभार माथिल्लो आयोजनामा परेपछि समस्यामा जस्तो देखिएको हो ।

१५ वर्षदेखि कम्पनी निरन्तर घाटामा छ । लगानीकर्ताले लाभांश कहिलेबाट पाउँछन् ?

नेसनलबाट लगानीकर्ताले लाभांश पाउन त्यति सजिलो छैन । १३८ करोडको पुँजी छ । बिजुली बेचेर वार्षिक १८ करोड रुपैयाँ आम्दानी हुन्छ । आधा जति खर्च हुन्छ । ८/९ करोड रुपैयाँ बाँकी हुन्छ । १३८ करोडमा ९ करोड लाभांश दिने भनियो भने साढे ७ प्रतिशत जति हुन आउँछ । १५ बर्षपछि ५ प्रतिशत प्रतिफल दिने भनियो भने लगानीकर्ताले के भन्लान् ? पहिलो कुरा ऋण तिरिसक्नु पर्छ ।

तल्लो आयोजनाको लाइसेन्स फेरी लिने प्रयास भइरहेको छ । त्यसले कम्पनीका लागि एसेट क्रियट हुन्छ । त्यसो भयो भयो भने लगानीकर्तालाई ८/१० प्रतिशतसम्म प्रतिफल दिन सकिन्छ । यो प्रतिफलले खासै अर्थ राख्दैन् । त्यो पनि तत्कालिक समाधान मात्रै हो । त्यसैले कम्पनीको नाफालाई प्रत्येक बर्ष लगानी गर्दै जानुपर्छ । त्यसले पुँजी यथावत हुन्छ र नयाँ लगानीबाट हुने आम्दानीबाट लगानीकर्तालाई प्रतिफल दिने भन्ने छ । प्रोभिजन मिलाउन सकियो भने अर्काे बर्ष लगानीकर्ताले केही लाभांश पाउन सक्छन् ।

तल्लो आयोजनाको लाइसेन्स लिने प्रक्रिया कहाँ पुग्यो ?

तल्लो आयोजनाको लाइसेन्स पाउन कार्यबिधी संसोधन आवश्यक छ । पुरानो उर्जामन्त्रीले बाटो खोलिदिनु भएको छ । नयाँ मन्त्रीसँग पनि छलफल भएको छ । कार्यबिधीमा काम भैरहेका आयोजनाको लाइसेन्स खारेज गरिदिने भन्ने व्यवस्था थियो ।

उल्लेखनिय काम भएका आयोजनाको लाइसेन्स खोस्ने कुरा गलत थियो । मन्त्रीज्यूसँग कुरा भैरहेकाले हामीले लाइसेन्स पाउनेमा आशावादी छौं । साढे ४ मेगावाटको तल्लो इन्द्रावती हामीले बनाउँनै पर्छ र हामीले नै बनाउने हो । यसबीचमा हामीले नयाँ आयोजनाको पनि लाइसेन्स लिएका छौं । भोजपुरमा १४.५ मेगावाटको इख्र्वाखोला आयोजना हो ।

तल्लोइख्र्वामा स्थानीयको पनि लगानी हुने छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री (पिपिए) को काम पनि अघि बढिसकेको छ । कोसी करिडोरमा प्रसारणलाइन बन्ने निश्चित भयो भने पिपिए गरेर हामी निर्माण अघि बढाउँछौं । आयोजनामा लगानी गर्न बैंक तयार भैसकेका छन् । २ वटा आयोजना पाइपलाइनमा छन भन्ने देखेपछि सेयरको मूल्य बढ्ने देखेका छौं ।

कम्पनीबाट हाथवे इन्भेष्टमेन्ट ग्रुप बाहिरीएको हो ?

हाथवे ग्रुप बाहिरिएको होइन बरु नयाँ ढंगले आएको छ । बोर्डमा हाथवेकै बहुमत छ । पाँच जना नयाँ सञ्चालक आएका छन् । हामी २ जना मात्रै पुराना सञ्चालक छौं । नवराज नेपाल आफैं सञ्चालक भएर आउनु भएको छ । अहिले व्यवसायीक सञ्चालक कम्पनीमा भित्रिएका छन् । पहिले सेयर बजारका मान्छे सञ्चालक थिए । काम नभएर कम्पनीमा चलखेल गर्थे । अहिले व्यवसायीक मान्छे आएकाले कम्पनीमा अनावश्यक हस्ताक्षेप र चलखेल हुन्न ।

अहिलेको सञ्चालक समितिमा पहिले भन्दा के फरक छ ?

यो व्यवसायीक पृष्ठभूमि भएका सञ्चालकको समुह हो । नवराज नेपाल, बासुदेव गौतम र एक जना महिला सञ्चालक समितिमा आउनु भएको छ, उहाँहरु हाथवेका प्रतिनिधी हुनुहुन्छ । एनबी ग्रुपबाट एक जना वकिल र एक जना अमेरिकामा सिए अध्ययन गरेका इएल सिंह श्रेष्ठ आउनु भएको छ । अमेरिकाबाट आउँदै हुनुहन्छ ।

यो राम्रो टिम हो भन्ने मलाई लागेको छ । यसले आगामी दिनमा कम्पनीको भविष्य उज्वल बनाउन सघाउँछ । हामीसँग भएको आयोजना राम्रोसँग सञ्चालन भैइरहेको छ । नयाँ पनि ल्याउने प्रयास भैरहेको छ ।

कम्पनीको भविष्य उज्वल छ त भन्नु भयो, लगानीकर्तालाई तत्काल प्रतिफल दिन नसकेको अवस्थामा नयाँ आयोजना बनाएर मात्रै दिने भन्नुभयो, यसलाई कसरी हेर्ने ?

अहिले कुनै पनि उर्जा उत्पादक कम्पनीले नगद लाभांश दिएका छैनन् । अहिले उर्जा कम्पनीको शैली भनेको नयाँमा लगानी गर्ने र सेयर मार्केटबाट आम्दानी गराउने भन्ने हो । गुरु न्यौपानेको कम्पनीले कुनै बेला ५ प्रतिशत नगद लाभांश दिएको थियो । बुटवल पावरले कुनै बेला नगद लाभाँश दिएको थियो । केही दिन अघि मात्रै एउटा कम्पनीले १० प्रतिशत दिने भनेर घोषणा गरेको देखियो । बाँकी कम्पनीले भनेको नयाँमै लगानी गर्ने हो र सेयर बजारबाटै नाफा कमाउन लागि परेको अवस्था हो ।

अरुले ३५ बर्षको लाइसेन्स पाउँछन् । ५ बर्ष निर्माणका लागि समय खर्च गर्छन् । बाँकी १०/१२ बर्षजति ऋण तिर्न समय लाग्छ । नेसनल हाइड्रोपावरले ४५ बर्षको लाइसेन्स पाएको छ । १५ बर्ष सञ्चालन भैसक्यो । ऋण तिरिसक्यो । अब भनेको नाफा कमाउने मात्रै हो ।

पुरानो आयोजनाको लाइसेन्स आयो भने कति लगानी बचत हुन्छ ?

बैंकले गरेको अडिट मै तल्लो आयोजनाको मूल्य ४७ करोड रुपैयाँ देखाएको छ । पहुँच मार्ग तयार छ, २ किलोमिटर सुरुङ पहिले नै खनिसकिएको छ । प्रसारणलाइन पनि पहिलेदेखि नै सञ्चालनमा छ । अब नयाँ लाइसेन्स प्राप्त गर्ने मात्रै हो । यो आयोजना हामीले बाहेक अरु कम्पनीले पाउनै सक्दैन् । सरकारले आफैं बनाउँछु भन्यो भने सम्भव होला तर अरु कम्पनीलाई दिन मिल्दैन र बनाउन पनि सक्दैनन् ।

 

कम्पनीमा वित्तिय अनुशासनको ठुलो समस्या देखिन्छ, रकम दुरुपयोग गर्नेसँग रकम असुल्न सकिने अवस्था छ की छैन ?

यो कम्पनीमा ३० देखि ४० करोड रुपैयाँ जति हिनामिना भएको छ भन्ने हाम्रो निश्कर्ष हो । यसलाई व्यवहारिक भएर हेर्नुपर्छ । ७ मेगावाटको आयोजना २०५९ सालमा बन्दा प्रति मेगावाट ३० देखि ३५ करोड लागत पर्यो भन्ने देखिएपछि घोटाला भयो भन्ने कुरा पक्का हो । यसबीचमा कम्पनी यस्तो अवस्थाबाट गुज्रियो की ४० करोड रुपैयाँ घोटाला भएको छ, मुद्दा हालौं भन्दा धरौटी राख्ने पैसा पनि भएन् । मुद्धा हाल्न अदालतमा बुझाउनुपर्ने पैसा पनि हामीसँग भएन् । ब्यालेन्स सिटमा समस्या देखियो र बोर्डले पनि उठाउन सकिन्छ भन्ने निष्कर्ष आयो भने हामी मुद्धा मामिलामा पनि जानु पर्छ र जान्छौं ।

ब्यालेन्ससीटले नै घोटाला भएको भन्ने स्पष्ट पारेको छ, दोषी पनि पहिचान भैसकेको अवस्था छ, दोषीलाई किन नसमातिएको ?

हामीसँग मुद्धा दायर गर्नका लागि कागजात पुर्ण रुपमा हुनु आवश्यक छ । जित्न सकिने मुद्धा बन्छ की बन्दैन भनेर आन्तरिक रुपमा अध्ययन आवश्यक हुन्छ । कानुन व्यवसायीसँग पनि हामीले यस विषयमा पटक छलफल गरिसकेका छौं । हार्नका लागि अदालत गएर पनि हुन्न । म चार बर्षका लागि कम्पनीमा आएँ, अनि मुद्धामा गईयो भने कम्पनीलाई अगाडी कसरी बढाउने ?


नेसनलबाट लगानीकर्ताले लाभांश पाउन त्यति सजिलो छैन । १३८ करोडको पुँजी छ । बिजुली बेचेर वार्षिक १८ करोड रुपैयाँ आम्दानी हुन्छ । आधा जति खर्च हुन्छ । ८/९ करोड रुपैयाँ बाँकी हुन्छ । १३८ करोडमा ९ करोड लाभांश दिने भनियो भने साढे ७ प्रतिशत जति हुन आउँछ । १५ बर्षपछि ५ प्रतिशत प्रतिफल दिने भनियो भने लगानीकर्ताले के भन्लान् ?

 

लगानीकर्ताले पनि मुद्धा परेको कम्पनीमा किन लगानी गर्ने ? भन्ने प्रश्न आउँछ । मुद्दामा गएपछि नयाँ लगानी गर्न पाइँदैन् । लामो समय लाग्न सक्छ । ब्यालेन्ससिट पनि फ्रिज गर्नु पर्छ । त्यसकारण पनि हामीले उठाउन सक्छौं की सक्दैन भनेर हुर्नु आवयश्क छ ।
मुद्धा लड्ने की अब छोडेर अगाडी बढ्ने भन्नेबारे हामीले सोच्नु पर्ने भएको छ ।

हाम्रो आन्तरिक मुल्यांकन भनेको हामी मुद्धा मामिलामा जाँदा बलियो हुने अवस्था छैन् । हामीसँग अदालत जाँदा बलियो कागजात लिएर जान सक्दैनौं भन्ने निष्र्कष हो । फितलो मुद्धा लिएर के अदालत जानु ? भन्ने हो ।

अडिटरहरुले देखाएको कैफियत चाँही के हो ? अडिटरले प्रमाण जुटाउन किन नसकेको हुन त ?

एउटा उदाहरण हेर्नुस, गाडी किन्न भनेर एक करोड रुपैंयाँ गएको छ । त्यसमा कसैले हस्ताक्षर पनि गरेका छैनन र कसैले स्वीकृत पनि गरेको देखिन्न । लक्ष्मीबहादर श्रेष्ठले सधैं पर्दा पछाडीबाट खेलेको देखिन्छ । उनी बोर्डमा पनि रहेको देखिन्न । कार्यकारी पदमा बसेको पनि भेटिन्न । त्यसकारण यो मुद्धा लड्ने कुरा कानुनी रुपमा त्यति सहज देखिन्न ।

लक्ष्मीबहादुर र जीतबहादुरले कुनै प्रमाण छाडेका छैनन् । कागजातले उनीहरुलाई दोषी देखाएको पाइँदैन् । त्यसैले हामी मद्धा मामिलामा गएनौं । नत्र हामी मुद्धामा गैसक्ने थियौं । यथार्थ कुरा के हो भने उनीहरुसँग अदालतमा गएर मुद्धा जित्ने अवस्था मैले देखेको छैन् । मुद्धामा जाँदा कम्पनीको भविष्य खतरामा पर्ने भएकाले पनि मुद्धामा नगएका हौं ।

कम्पनीको वित्तीय अवस्था राम्रो नभएको अवस्थामा नयाँ आयोजना बनाउँदैछ भनेर कुनै बैंकले विश्वास गर्छ ?

बैंकहरु हाम्रा आयोजनामा लगानी गर्न तयार छन् । हामीले कम्पनीलाई सुधार्दै गएका छौं । हाथवेको ठुलो हिस्सा छ । हाथवे राम्रो कम्पनी हो । तल्लो इन्द्रावतिमा नविल बैंकले नै कन्र्साेर्डियम दिने भनेको छ । अरुले पनि इच्छा देखाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.