एनसीसी बैंकको खुद नाफा १ अर्ब ३२ करोड, खराव कर्जा ५ प्रतिशत नजिक

  २०७४ भदौ ३ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुदनाफा ६२ करोड रुपैयाँ बढाएको छ ।

४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

बैंकले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.८ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमाशमा खराव कर्जा असुली बढाउने र असल कर्जामा रुपान्तरण गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । बैंकको लागत ५.९ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप झण्डै दोब्बर बढेर ५८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको निक्षेप ३० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ थियो ।

यस्तै गत आवमा कर्जा लगानी बढेर ४८ अर्ब १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कर्जा लगानी २४ अर्ब ८९ करोड ११ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंककको सीडी रेसियो ७१.४८, आधार दर ९.३२ र स्प्रेड दर ३.७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ । पुँजी बढाउन बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.