गुराँश लाईफको खुदनाफा ३ करोड १० लाख, प्रतिसेयर आम्दानी ५ रुपैयाँ मात्र

  २०७४ भदौ ३ गते १२:०८     विकासन्युज

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा खुदनाफा ४५ लाख रुपैयाँ बढाएको छ ।

गत आवको असारसम्म गुराँशले ३ करोड १० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा २ करोड ६६ लाख रुपैयाँ मात्र थियो ।

गुराँशले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बिमा शुल्क आम्दानी २४.५८ प्रतिशत बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ९७ करोड रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । हालसम्म कुल बिमा शुल्क आर्जन ४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

कुल दावी भुक्तानी रकम २८ करोड ३९ लाख रुपैयाँ भएकोमा गत आवसम्म १५ करोड ६३ लाख रुपैयाँ दावी भुत्तानी गरेको कम्पनीले जनाएको छ । हालसम्म १ लाख ६२ हजार ८१३ बिमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.