सिटी एक्सप्रेस मनीद्वारा बाढी पीडितलाई “धुर्मुस सुन्तली फाउण्डेशन” मार्फत सहयोगको घोषणा

  २०७४ भदौ १ गते २०:०४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रा.लि. हालै आएको बाढी तथा पहिरो पीडितलाई सहयोगको घोषणा गरेको छ । बाढी तथा पहिरो पीडितको सहयोगार्थ सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लिमा कार्यरत सम्पूर्ण कर्मचारी, सिटी एक्सप्रेस बचत तथा ऋणसहकारी संस्था लिमिटेड र सिटी एक्सप्रेस ट्रेडिङ्ग कन्सर्न प्रा.लि.का सम्पूर्ण कर्मचारीहरुले एक दिनको तलब एवं सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि.ले समेत गरी जम्मा तीन लाख रुपैयाँ “ धुर्मुस सुन्तली फाउण्डेशन ” लाई उपलव्ध गराएकोछ ।

सो रकम “ धुर्मुस सुन्तली फाउण्डेशन ” ले बाढी तथा पहिरो पीडितहरुलाई उपलव्ध गराउने घोषणा प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका छन् । उक्त सहयोग “ धुर्मुस सुन्तली फाउण्डेशन ” ब्राण्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली )लाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.