राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड, बैंकले बढायो ३० प्रतिशतले नाफा

  २०७४ भदौ १ गते ८:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

बैैंकले गत आवसम्ममा १ खर्ब ५३ अर्ब ५७ करोड रुपैयाँको निक्षेप संकलन गरेर १ अर्ब ६ अर्ब ४३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसको सीसीडी रेसियो ६४ दशमलव ७७ प्रतिशत रहेको छ । यो बैैंकको निष्किृया कर्जा २.३५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.