राष्ट्रिय बिमा कम्पनीको नाफा २३ करोड ७० लाख

  २०७४ भदौ १ गते ८:१६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्ष कम्पनीले नाफा ८ करोड रुपैयाँ बढाएको छ ।

कम्पनीले गत असारसम्म ८४ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आजर्न गरेको थियो ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार गत असारसम्म १६ हजार ७६९ बिमालेख जारी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ दावी भूत्तानी गरेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट प्राप्त बोनस सेयर नेपाल धितोपत्र दर्ताको क्रममा रहेकाले यसपछि चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.