सूर्या लाइफले कमायो ९ करोड, प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा

  २०७४ साउन ३२ गते ९:३६     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ८ करोड ३९ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो ।

यो बीमा कम्पनीको चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ३२ करोड ४६ लाख रहेको छ । भने जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
|
यो बीमा कम्पनीले गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ ।

यसको बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.