प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १७ करोड

  २०७४ साउन ३२ गते ९:१५     विकासन्युज

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो ।

यो बीमा कम्पनीको चुक्ता पुँजी ४२ करोड ६७ लाख छ । यसले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४० करोड रुपैयाँ राखेको छ ।

यो बीमा कम्पनीको गत आवसम्मको कुल बीमा शुल्क आर्जन १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसले जारी गरेको विमालेखको संख्या १ लाख १३ हजार ९५८ रहेको छ ।

यसको नबीकरण भएको विमालेखको संख्या १ लाख १३ हजार छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४७८ रुपैयाँ ६७ पैसा रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.