हिमालयन जनरल इन्स्योरेन्सले कमायो १३ करोड १९ लाख

  २०७४ साउन ३२ गते ९:०६     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ ।

यसको जगेडा कोषमा १२ करोड रुपैयाँ छ । यसको बीमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा बीमाशुल्कबाट आर्जन गरेको रकम १ अर्ब ३१ करोड रुपैयाँ छ ।

यसले यो अवधिसम्ममा ४४ हजार १३१ बीमालेख जारी गरेको थियो । यसको नबीकरण भएको बीमालेखको संख्या १६ हजार ४४ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा छ भने यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ १६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.