नविल बैंकले १९० जनालाई जागिर दिने, नयाँ बैंकलाई आफ्ना कर्मचारी जोगाउन गाह्रो

  २०७४ साउन ३२ गते ८:५७     विकासन्युज

काठमाडौं ।  नविल बैंकले १९० जनालाई रोजगारी दिन भर्ना खुला गरेको छ । बैंकले बुधबार ट्रेनी एसिस्टेनट र म्यानेजमेन्ट ट्रेनी तहमा नयाँ भर्ना खुलाएको हो । बैंकले ट्रेनी एसिस्टेन्टमा १८० र म्यानेन्जमेन्ट ट्रेनीमा १० जना मागेको छ ।

 

म्यानेजमेन्ट ट्रेनीमा छनौट हुनेले १ वर्षपछि अधिकृत हुने बैंकले जनाएको छ । यसका लागि व्यवस्थापन, तथ्याँकशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरका उत्तिर्णका साथै चाटर्ड एकाउन्टेन्ट, मान्यता प्राप्त एकाउन्टेन्टले पनि आवेदन दिन पाउने भएका छन् । २८ वर्ष भन्दा कम उमेर भएकाले आउदो अगष्ट ३० भित्र निवेदन दिन बैंकले भनेको छ ।

यस्तै ट्रेनी सहायकमा छनौट हुनेले २ वर्ष तालिम लिएपछि सहायकको रुपमा बैंकले नियुक्त गर्ने बैंकले जनाएको छ । यसका लागि स्नातक तह न्युनतम दोस्रो श्रेणीमा उत्र्तिण गरेको हुनुपर्ने छ । बढीमा २५ वर्ष सम्मकाले निवेदन दिन सक्ने छन् । अगष्ट ३० सम्म निवेदन दिनुपर्ने छ ।

नविल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेपछि नयाँ पुस्ताका बैंकलाई आफ्ना नयाँ कर्मचारी जोगाउन गाह्रो हुने भएको छ । नविल बैंकको ब्राण्ड इमेज राम्रो, सेवा सुविधा पनि बढी हुने र करिअर वृद्धि विकासको लागि पनि सहयोग पुग्ने भएकोले नयाँ पुस्ताका बैंकका कर्मचारीहरु भइरहेको जागिर छोडेर नविल बैंकमा जाने प्रवृति रहेको अनुभवी बैंकर्सहरु बताउँछन् ।

गत आर्थिक वर्ष ०७३/०७४ मा बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्ष ०७२/०७३ वर्षको तुलनामा २८.४२ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.