लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६७ लाख

  २०७४ साउन ३२ गते ८:४४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ ।

यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले कुल बीमाशुल्कमार्फत ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ ।

यसको विमालेख संख्या ६ लाख ६८ हजार १३८ वटा रहेको छ । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ ।

यसले जीवन बीमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ राखेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ राखेको छ ।

यो बीमा कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ । प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.