मेटा लाईफको नाफा ५२ प्रतिशतले घट्यो, २२ करोड नाफा

  २०७४ साउन ३२ गते ८:२८     विकासन्युज

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ ।

यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो बीमा कम्पनीको नाफा ११ करोड ६६ लाख रुपैयाँले घटेको हो ।

यसको जीवन बीमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले कुल बीमा शुल्क आम्दानी ३ अर्ब ८ करोड रहेको छ । यसले ७ लाख ६७ हजार विमालेख जारी गरेको छ । यो बीमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र सो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.