टुरिजम विकास बैंकले ६७ प्रतिशतले नाफा बढायो, बैंकले कमायो ३१ करोड

  २०७४ साउन ३२ गते ७:५४     विकासन्युज

काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ ।

यसले गत वर्ष ३१ करोड ९१ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्ष १९ करोड रुपैयाँ रहेको थियो ।

यो बैैंकले गत असारमसान्तसम्ममा १२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ८४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यो बैैंकले चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यसको सीसीडी रेसियो ७४ दशमलव ५८ प्रतिशत छ ।

यो बैकले गरेको लगानी ५५ करोड १६ लाख रुपैयाँ छ । बैंकको संचिति कोषमा ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा शून्य दशमलव ७८ प्रतिशत छ ।

गत आवमा व्याज आम्दानीबाट १ अर्ब १९ करोड कमाएको छ भने खर्च ६१ करोड रुपैयाँ मात्रै छ । यो बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा छ भने बैंकको प्रति सेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.