वाणिज्य बैंकले २५ प्रतिशत प्राथमिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने

  २०७४ साउन ३१ गते १९:१०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा लगानी बढाउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे वाणिज्य बैंकले कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि यस क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान थियो । यो वर्ष यस्तो कर्जा ५ प्रतिशत बढेको छ ।

वाणिज्य बैंकले कृषिमा १०, जलविद्युतमा ५, पर्यटनमा ५ र निर्यातमुलक, साना तथा मझौला उद्योग, औषधी र सिमेन्ट र तयारीपोशाक उद्योगमा ६ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था गरिएको थिएन् ।

केन्द्रीय बैंकले विकास बैंक र वित्त कम्पनीले प्राथमिक क्षेत्रमा प्रवाह गर्नुपर्ने प्रतिशत क्रमश १५ र १० प्रतिशतलाई यथावत राखेको छ । नयाँ व्यवस्थाअनुसार कर्जा लगानी नभएको पाइए हर्जना लगाइने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.