नयाँ लघुवित्त संस्थाको इजाजत बन्द

  २०७४ साउन ३१ गते १७:५४     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्तीय संस्था स्थापनाका लागि इजाजत दिने काम बन्द गरेको छ ।

गत आर्थिक वर्ष ०७३÷०७४ मा वित्तीय सेवा कम भएका ९ जिल्ला बाहेक अन्य जिल्लामा लघुवित्तीय संस्था खोल्न नदिने नीति लिएकोमा चालु आवदेखि देशभरी इजाजत स्थगन गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा वित्तीय पंहुच कम भएका कालिकोट, डोल्पा, हुम्ला, मुगु, जुम्ला, जाजरकोट, मनाङ, बझाङ र बाजुरामा मात्र लघुवित्तीय संस्था खोल्न दिने व्यवस्था गरेको थियो । हाल देशभर ५ दर्जन लघुवित्तीय संस्था सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.