कुमारी बैंकको नाफा ७० करोड, संचित कोष १३५ करोड थपियोे

  २०७४ साउन ३० गते १०:४८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँ कम हो । तर एक वर्षमा बैंकको संचित कोषमा १३५ करोड थपिएको छ ।

गत आर्थिक वर्षमा कुमारी बैंकले काष्ठमाण्ड डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविकार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक्वाएर गरेको थियो । उक्त एक्वाएर पूर्व ती बैंकहरुले गरेको नाफा ६६ करोड र स्वाप रेसियो अन्तरबाट थप पुँजी गरी संचित कोष १३५ करोडले वृद्धि गरेको हो ।

२०७३ असार मसान्तमा ७६ करोड संचित कोष भएको यस बैंकले २०७४ असार मसान्तमा संचित कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

संचित कोषमा ठूलो रकम सेयरधनीलाई वितरण गर्न योग्य भएको बैंक स्रोतले बतायो । यस बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाईरहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद सेयर र यस वर्ष दिने बोनस सेयरबाट बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।

यस बैंकले असारमसान्तसम्ममा ५२ अर्ब निक्षेप, ४५ अर्ब कर्जा र साढे सात अर्ब लगानी परिचालन गरेको छ । सीडी रेसिओ ७८ प्रतिशत छ । बैंकको एनपीएल १.८६ प्रतिशत रहेको छ । बैंकको आरओई ८.६७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.