नेशनल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पास

  २०७४ साउन २९ गते १०:१८     विकासन्युज

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले यो बोनस पारित गरेको हो । २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख पुगेको छ।बोनशपछि हुन आउने चुक्ता पूँजी ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख पुग्ने कम्पनीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ३६ करोड खुद मुनाफा गरेको छ । कम्पनीले ३ अर्ब ८५ करोड बीमा शुल्क संकलन भएको र १ अर्ब ७ करोड खुद दाबी भूक्तानी गरेको जनायो । कम्पनीको कुल लगानी २० दशमलब १० प्रतिशत वृद्धि भएर १४ अर्ब २० करोड पुगेको छ भने कम्पनीको बीमा कोष २२ दशमलब ९४ प्रतिशत वृद्धि भएर अघिल्लो असार मसान्तसम्म १४ अर्ब १८ करोड पुगेको छ।सिंहले अघिल्लो आर्थिक वर्षमा नाकाबन्दी र अत्याधिक तरलताका कारण निक्षेप ब्याजदरमा ह्रास आएकोले जीवन बीमा प्रभावित भएको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.