नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघ्यो

  २०७४ साउन २७ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ३३ करोड नाफा कमाएको थियो ।

६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकले चौथो त्रैमासिकसम्ममा ८१ अर्ब ५६ करोेड निक्षेप संकलन गरेर ६३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । नेपाल एसबिआईले ५ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको छ भने २ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३० रुपैंयाँ ६२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५० रुपैंयाँ ६८ पैसा रहेको छ । बैंकको खराब कर्जा जम्मा शुन्य दशमलब १० प्रतिशत मात्रै देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.