नेपाल बङ्गलादेश बैंकको नाफामा झिनो अंकले बृद्धि, एक अर्ब २० करोड नाफा कमायो

  २०७४ साउन २७ गते ८:३२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नाफामा गत वर्ष झिनो अंकमा मात्रै बृद्धि भएको छ ।

यो बैंकले गरेको नाफा १ अर्ब २० करोड भएपनि यो नाफा अघिल्लो वर्षको तुलनामा २० लाख ८४ हजार रुपैयाँ मात्रै बढी हो ।

यो नाफा अघिल्लो वर्षको तुलनामा गत आवमा शून्य दशमलव १७ प्रतिशत मात्रै रहेको छ । यो बैंकको नाफा अघिल्लो वर्ष १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ थियो ।

यो बैंकले गत असार मसान्तसम्ममा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३७ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी ७ अर्ब ९९ करोड रुपैयाँ छ । यसको सीसीडी रेसियो ६९ दशमवल ३६ प्रतिशत रहेको छ ।

यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी ७ अर्ब २१ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ४९ करोेड रुपैयाँ छ ।

यो बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ छ । यसको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशत छ । यो बैंकको नेटवर्थ प्रति सेयर १४८ रुपैयाँ रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.