सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त

  २०७४ साउन २६ गते १२:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतमले साउन २६ गते (बिहीबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

साथै, सोही बैठकले यस अघिको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.