शुक्रबार पोखरामा गभर्नरसँग अन्तर्क्रिया कार्यक्रम हुँदै, मौद्रिक नीतिबारे छलफल हुने

  २०७४ साउन २६ गते १२:०९     विकासन्युज

पोखरा । शुक्रबार पोखराको स्नोल्याण्ड होटलमा ‘उद्यमशील कार्यक्रमको श्रिंखला ‘क्रस दि बोर्डर’ अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेभएको छ । उद्यमशीलता जगाउने उद्देश्य सहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ३ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।
कार्यक्रममा नेपालको वर्तमान आर्थिक अवस्था र मौद्रिक नीति विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल गभर्नरसँग अन्तक्र्रिया हुने होटल सञ्चालक गणेशबहादुर थापाले बताए ।
क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । कार्यक्रममा प्रवेश निशुल्क रहने आयोजकले जनाएको छ । नेपालको वर्तमान आर्थिक परिस्थिती र २०७४/२०७५ मौद्रिक नीति र त्यसमा भएको व्यवस्था बारे जानकारी एव‌म्  बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र उद्योगी व्यवसाहीसँग प्रत्यक्ष छलफल गर्ने आयोजकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.