प्रभु बैंकद्धारा हज यात्रुहरुलाई डलर/साउदी रियाल सटही सुविधा

  २०७४ साउन २५ गते १८:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकले २०७४ सालको हजयात्राका लागि जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई डलर/साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ ।

बैंकले मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई सो सुविधा दिएको हो । उक्त सटही सुविधा साउन २५ गते देखि १० दिनसम्म काठमाडौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

यस बैंकले उपलब्ध गराएको डलर÷साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.