तेस्रो शैक्षिक मेला साउन २८ र २९ गते हुने

  २०७४ साउन २५ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपालमा उच्च शिक्षा चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुने भएको छ । आगामी साउन २८ र २९ गते राजधानीको होटल अन्नपुर्णमा हुने भएको छ।

मेलाको मुख्य आयोजकहरु भिजन मिडिया ईन्कर्पोरेशन र एजुकेशन डट कम रहेको  छ । यो मेला ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने मुख्य उद्देश्य राखेर आयोजन गर्न लागिएको जनाइएको छ । उक्त मेलामा विद्यार्थीले अध्यन गर्ने विषयहरु, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका विषयमा जानकारी दिइने बताइएको छ । साथै, उक्त मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुने जानकारी दिइएको छ ।

विद्यार्थीहरुले नेपालमा शिक्षा लिन उत्सुक हुँदाहुँदै पनि नेपालमा पढाइ भइरहेका कोर्ष र गुणस्तरबारे त्यति धेरै जानकारी र विश्वास नराखी उच्च शिक्षको लागि बिदेश जाने क्रम बढेको छ । शैक्षिक मेलाले अभिभावक र विद्यार्थीमा नेपालमा पनि बिदेशमा जसरी नै उच्च शिक्षा गुणस्तरको लिन सकिन्छ भन्ने विश्वास लिएको छ ।

मेलाको मुख्य प्रायोजक इस्लिङ्ग कलेज रहेको छ । साथै,उक्त मेलामा नेपालमा रहेका काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिइने  छ ।

बिबिए, एमबिए, बिआईटी, बिएचएम, बिटिटिएम, बिएसडब्लु, बिबिएम, बिएचसिएम, बिएसडब्लु, बिबिएस लगायतका कोर्ष पढ्न चाहाने विद्यार्थीहरु सो मेलाबाट लाभान्वित हुने अपेक्षा राखेको छ । साथै, मेलामा विद्यार्थीले अन्तराष्ट्रिय स्तरको परामर्श लिन सक्ने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.