सिटिजन्स बैंकले सुरु गर्यो निः शुल्क अनलाइन आस्बा सेवा

  २०७४ साउन २५ गते १७:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ ।

यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ, एफपीओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बैंकमा खाता खोली आस्बा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.