कृषि विकास बैंकको नाफा १२ प्रतिशतले बढ्यो, बैंकले कमायो २ अर्ब ७७ करोड

  २०७४ साउन २५ गते ८:०२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले गत आवमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ नाफा गरको छ ।

बैैंकको यो नाफा गत वर्ष १२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ खुँँद नाफा कमाएको थियो ।

यो नाफा अघिल्लो वर्षको तुलनामाा ३१ करोड २० लाख रुपैयाँले बढी हो ।

यो बैंकको गत असार मसान्तसम्ममा ९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब २९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसले १५ करोड ८९ करोड लाख रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीसीडी रेसियो ६२ दशमलव ३९ प्रतिशत छ । बैंकको खराब कर्जा २ दशमलव ९७ प्रतिशत छ ।

यसको चुक्ता पुँजी गत असार मसान्तसम्ममा १२ अर्ब ५२ करोड रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ रहे छ । यो बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ५८ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २३४ रुपैयाँ ९१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.