तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं सीधा उडान शुरु, हप्तामा चार दिन उडान भर्ने

  २०७४ साउन २४ गते २१:४४     विकासन्युज

काठमाडौं । तिब्बतको ल्हासास्थित तिब्बत एअरलाईन्सले साउन २४ गतेबाट चेङदु ( काठमाण्डौंको लागि सीधा नियमित उडान संचालन गरेको छ । उक्त्त एअरलाईन्सको प्रारम्भिक उडान नम्बर टीभी ९८:९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो ।


फर्कने उडान टीभी९९०० काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १९:२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ०० : ५० मा अवतरण हुनेछ कम्पनीले जनाएको छ ।

शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए(३१९ विमानबाट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीनभित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.