एनबीआई र एफएसएफएमबीच सम्झौता, बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा सहयोग

  २०७४ साउन २४ गते १८:५६     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र फैंकफर्ड स्कूल अफ म्यानेजमेन्ट(एफएसएफएम) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा भएको छ । सम्झौता अनुसार यी दुई संस्थाले सम्मेलन, सभा, कार्यशाला तथा शैक्षिक भ्रमण जस्ता विषयमा सहकार्य गर्ने छन् ।

उक्त सम्झौता पत्रमा एफएसएफएमका तर्फबाट अन्तराष्ट्रिय परामर्स सेवाका निर्देशक फतमा डिरकेस एवं एनबीआईका तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । सुब्बा नेपालका १० उच्च पदस्थ बैंकिङ्ग कर्मचारीहरुसँग एफएसएफएमका आयोजन गरिएको ‘रिस्क म्यानेजमेन्ट, गोभरनेन्स एण्ड बैंक म्यानेजमेन्ट’ विषयक कार्यशालामा सहभागी हुन फैंकफर्डमा छन् ।

एनबीआई र एफएसएफएमको सहकार्यले नेपाली बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहने छ । यसबाट नेपाली बैंकिङ्ग समुदायलाई युरोपका विकसित आर्थिक प्रणालीका पहँच पुग्ने छ जसबाट बैंकिङ्ग समुदायले आफ्नो मानव संसाधनको विकास र रुपान्तरणको लागि अनुभव हासिल गर्न सक्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.