नेपालले पहिलो पटक विश्वका युवाहरुको संम्मेलनमा सहभागीता जनाउने

  २०७४ साउन २४ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालले पहिलो पटक विश्वका युवाहरुको सम्मेलनमा सहभागीता जनाउन लागेको छ । उक्त सम्मेलन संयुक्त राष्ट्र संघले आयोजना गरेको हो ।

उक्त सम्मेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन् । सो सम्मेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा बढीरहेको युवा बेरोजगारी देशको चुनौतीका रुपमा रहेको भन्दै सम्बेलनले नेपालको युवा बेरोजगारी हटाउन रोडम्याप तयार गर्न सजिलो हुने भन्दै यो सहभागीता ऐतिहासिक हुने बताईएको छ ।

नेपालको प्रतिनिधी मन्डलमा अध्यक्ष महरको नेत्रित्वमा महामन्त्री सरोज कुमार थापा, र बिदेश सल्लाहकार डम्बर बि। क। समेत शाहभागी रहेको नेबिसंघ मुख्य सचिब डिल्ली हमालले जानकारी गराए।

अध्यक्ष महरको टिम अमेरिकामा रहँदा उक्त स्थानमा अवस्थित नेपाली कांग्रेस जनसंपर्क समितीका नेताहरु र नेपाल बिद्यार्थी संघ अमेरिकाका बिद्यार्थीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेबिसंघ महामन्त्री सरोज कुमार थापाले जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.