अघि बढ्यो पूर्वाधार विकास बैंक स्थापना कार्य

  २०७४ साउन २४ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले पूर्वाधार विकास बैंक संचालन लाइसेन्स नीति पारित गरेको छ । यससँगै बैंक स्थापनाको लागि बाटो खुलेको छ । ठूला विकास आयोजनामा लगानी गर्ने उद्देश्य सहित स्थापना गर्न लागिएका पूर्वाधार विकास बैंकको लाइसेन्स दिने सम्बन्धि नीति पारित गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए ।

नीतिमा बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनै पर्ने व्यवस्था गरिएको छ । विदेशी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गर्ने चाहेमा कम्तिमा ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म विदेशी लगानीकर्ताको सेयर राख्न पाउने व्यवस्था नीतिले गरेको छ ।

राष्ट्र बैंकका अनुसार स्वदेशी लगानीकर्ताले लगानी गरेर पूर्वाधार विकास बैंक स्थापना गर्न एउटा लगानीकर्ताको बढीमा १५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने छन् । पूर्वाधार विकास बैंकको संचालकको योग्यता बाणिज्य बैंक सरहनै हुने नीतिगत व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.